कुमार आचार्यले न्यूज २४ मा कक्टेल लिएर आउने

संचारकर्मी तथा निर्माता कुमार आचार्यले न्यूज २४ मा सिनेमा सम्बन्धि कार्यक्रम कक्टेल संचालन गर्ने भएका छन् । आचार्यले नेपाल टेलिभिजन २ मा करिब सात वर्ष  सिनेमा सम्बन्धि कार्यक्रम सिने मक्स चलाएका थिए ।
10245285_284958371668831_1660911220_n
केहि समय अघि बाट कार्यक्रम सिने मक्स चलाउन छोडेर फिल्म निर्माणमा लागेका कुमार आचार्यले मानब र बर्दी दुइ वटा चलचित्र निर्माण गरेका छन् ।मानब चलचित्र  प्रदर्शनमा आईसकेको छ भने अर्को चलचित्र बर्दी प्रदर्शन लागि तयार हुदैछ । टेलिभिजनको पर्दामा चलचित्र सम्बन्धि कार्यक्रम चलाउने संचारकर्मी कुमार आचार्यले न्यूज २४ मा पनि  चलचित्र सम्बन्धि नै कार्यक्रम कक्टेल चलाउने भएका छन् । हरेक शनिबार बेलुका ५.३० प्रसारण हुन लागेको  कार्यक्रम कक्टेल पूर्ण रुपमा फिल्मी कार्यक्रम रहने संचारकर्मी कुमार आचार्यले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।

Namaste Filmy

Read Previous

'हँसिया'को अफिसियल ट्रेलर सार्वजनिक ।तामिल स्टाइलको खतरानाक दृश्यहरु (भिडियो सहित )

Read Next

छोटो समयमै करोडौले हेरे सन्नी लियोनको यो भिडियो ।