स्व. शिब रेग्मीको बायोग्राफी हेर्नुहोस । भिडियो ।

Shiva Regmi1[dropcap]’जी[/dropcap]वन पनि एउटा चलचित्र हो रीलको हैन रीयलको । जन्म एक्सन हो भने मृत्यु कट ।’ यी वाक्यंशलाई प्रदिप भट्टराईले लेखेका हुन भने नीर शाहले बोलेका छन र बरिष्ठ निर्देशक स्व शिव रेग्मी प्रति समर्पित बायोग्राफीमा समावेश छन ।
बरिष्ठ चलचित्र निर्देशक स्व. शिव रेग्मीको जीवनी समेटेर तयार पारिएको उनको बायोग्राफी सार्वजनिक गरिएको छ । शिव रेग्मीले चलचित्र क्षेत्रलाई पुर्याएको योगदान, उनको संघर्ष अनि सफलताका बारेमा चर्चा गरिएको उक्त बायोग्राफीमा प्रदीप भट्टराईको स्कृप्ट रहेको छ भने बरिष्ठ कलाकार नीर शाहको न्यारेशन रहेको छ । नेपाली चलचित्र आफन्त बाट निर्देशन यात्रा थाल्नुभएको शिव रेग्मीको गत मंसिर महिना मा उपचारका क्रममा निधन भएको थियो ।
स्व. शिवको संक्षिप्त जीवनीको रुपमा पनि लिइएको यस बायोग्राफी पहिलोपटक रेग्मीकै निवास भरतपुर बाह्रघरेमा चलचित्र मनले मनलाई छुन्छ युनिटले दर्शकमाझ सार्वजनिक गरीएको थियो ।
निर्देशक रेग्मीको अन्तिम चलचित्र मनले मनलाई छुन्छ अगामी शुक्रबार प्रदर्शनको तयारीमा छ ।
हेर्नुहोस बायोग्राफी:

Namaste Filmy

Read Previous

छोटो समयमै करोडौले हेरे सन्नी लियोनको यो भिडियो ।

Read Next

बलिउडमा रियल 'टाइगर'को इन्ट्री । भिडियो ।