बलिउडमा रियल 'टाइगर'को इन्ट्री । भिडियो ।

[dropcap]बी [/dropcap]टाउनमा एक था टाइगर खेलेपछि हिरो सलमान खानलाई टाइगर भनेर चिनिने गरिन्थ्यो । तर अब भने सलमानको उक्त छवि ओझेलमा पर्ने देखिएको छ । किनकि अब बी टाउनमा रियल टाइगरको इन्ट्री भएको छ । अर्थात अभिनेता जैकी श्राफका छोरा टाइगर श्राफले बलिउड इन्टष्ट्रीमा डेब्यु गरेका छन । शुक्रबार उनी अभिनीत पहिलो फिल्म हिरोपंतीको ट्रेलर समेत सार्वजनिक गरिएको छ ।tiger shrof
झट्ट हेर्दा हलिउड फिल्मको एक्सन हिरोको जस्तो लुक्स भएको यी हिरो लामो समयको सिकाई र अध्ययनपछि फिल्ममा देखापरेका हुन । उनी उसु र चाइनीज मार्सल आर्टसका पोख्त खेलाडि हुन भने फुटबलमा पनि उनी अब्बल छन ।
टाइगरसंगै फिल्म हिरोपतीबाट नायिका कृति सनोनले पनि फिल्ममा डेब्यु गर्दैछिन । साजिद नाडियाडवालाको निर्माणमा सब्बीर खानले निर्देशन गरेको फिल्मको टे«लर हेरेर फिल्मले राम्रो ब्यापार गर्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । शुक्रबार फिल्मको ट्रेलर मिस्टर पर्फेक्टनिस्ट आमिर खानले एक कार्यक्रमका बीच लञ्च गरेका हुन । आमिरले टाइगरको अभिनय क्षमताको प्रशंसा गरेका थिए । फिल्म अगामी मे २३ मा प्रदर्शन हुनेछ ।

हेर्नूहोस हिरोपति को ट्रेलर :

Namaste Filmy

Read Previous

स्व. शिब रेग्मीको बायोग्राफी हेर्नुहोस । भिडियो ।

Read Next

बिराज भट्ट 'युवराज' बन्ने पक्का ।