बिराज भट्ट 'युवराज' बन्ने पक्का ।

[dropcap]के[/dropcap]हि दिन अघि मात्र गीत रेकर्डिङको काम सकाएको फिल्म ‘युवराज’को लागी नायक बिराज भट्ट फाइनल गरिएको छ । यद्यपि मौखिक रुपमा फाइनल गरिए पनि लिखित एग्रिमेन्ट भने हुन बांकी छ । बिराज संग लिखित एग्रिमेन्ट साइत जुराएर अगामी शुक्रबार तिर गराइने फिल्मका निर्देशक राजु गिरीले जानकारी दिएका छन । निर्देशक गिरी र कलाकार जि के शर्माले लामो प्रयासपछि बिराजलाई फिल्मका लागी फाइनल गरेका हुन ।biraj
यता नायिका निशा अधिकारी भने फिल्मका लागी फाइनल हुन बाकि छ । फिल्मका लागी अन्य कलाकारहरु भने फाइनल भइसकेका छन । बिराज संगै नायिका शुभेच्छा थापा, पुजना स्त्री र जि के शर्मा फिल्मका मुख्य कलाकार हुन ।
एभरेष्ट इन्टरनेशनल इन्टरटेन्टमेन्टको ब्यानरमा नायक जि के शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक राजु गिरीकै कथा रहनेछ भने सरोज प्याकुरेलको पटकथा रहनेछ । त्यस्तै फिल्ममा अर्जुन पोखरेलको संगीत, संजय लामाको छयांकन तथा रोशन श्रेष्ठको द्धन्द रहनेछ ।
अन्डरवल्र्ड डनको कथा रहने फिल्मको ७० प्रतिशतभन्दा बढि छयांकन दुबईमा गरिनेछ । फिल्ममा करिब डेढ करोड लगानी रहने र अगामी जेठ १५ बाट छयांकन थालिने निर्देशक गिरीको भनाई छ ।

Namaste Filmy

Read Previous

बलिउडमा रियल 'टाइगर'को इन्ट्री । भिडियो ।

Read Next

राणवीरसंग बिहे गर्न चाहन्छिन आलिया भट्ट ।