अमेरिकामा चलचित्र भिमदत्तको भब्य प्रिमिएर ः अमेरिकामा चलचित्रको माग बढदै

राजेन्द्र कार्की
10156007_10201015835633097_1067890945_n
हिजो आइतवारका दिन अमेरिकाको न्यूयोर्क सहरको कूइन्स स्थित सेन्टर सिनेमा हलमा नेपाली ऐतिहासिक चलचित्र भिमदत्तको भब्य प्रिमियर शो सम्पन्न भएको छ । अमेरिकामा रहनु भएका चलचित्रका निर्देशक हिम ग्याप तासी लामाले नमस्ते फिल्मीलाई दिनु भएको जानकारी अनुसार रेड कार्पेट प्रिमियर नाम दिएको उक्त शोमा अमेरिका स्थित नेपाली कलाकार, ब्यावसायी, समाजसेवी, अधिकारकर्मी, पत्रकारहरु लगायत गैरआवासिय नेपालीहरुको घुँईचो लागेको, उपस्थित नेपाली दर्शकहरुले यस ऐतिहासिक र स्तरिय चलचित्र निर्माणका लागि चलचित्रका निर्माताहरुले जुन साहस देखानउु भएको छ त्यस्को लागि हार्दिक आभारका साथै नेपाली चलचित्रका निर्देशकले आफ्नो सम्पुर्ण कल्पना शक्ति प्रयोग गर्दै गुणस्तरिय चलचित्र प्रस्तुत गर्न सफल हुनु भएकोमा निर्देशक तासी लामालाई धन्यवाद तथा भावी सफलताका लागि शुभकामना समेत दिनु भएको थियो भने कलाकारहरुको खुलेर तारिफ गरिएको थियो ।
10155022_10201040902219746_251898004_n
प्रिमियर शोमा यस पक्तिकारले पठाएको नेपालको इतिहास, जुनसुकै सरकार आफैमा प्राधिकार हुँदै नेपाली जनताहरु बैदेशी रोजगार निमित्त मुग्लान पस्नु परेको सन्र्दभमा पठाइएको शुभकामना आलेख सेन्टर सिनेमा हलको भित्तामा टाँसीएको हेर्न समेत दर्शकहरुको भिड लागेको थियो । अमेरिका स्थित नेपालीहरुले कहाली लाग्दो नेपाली इतिहास र आजको उपलब्धि प्राय शून्य अवस्थामा रहेको भावना प्रष्ट्रयाएका कारण देशका नेता र अगुवाहरु प्रति साह्रै नै दुःख खेद ब्यक्त गर्दै पंक्तिकारलाई धन्यावद समेत ब्यक्त गरेको पनि निर्देशक तासी लामाले बताउनु भएको छ । चलचत्रिको प्रचार प्रसारको क्रममा करिब एक महिना अमेरिकामा नै बिताउँदै आइरहनु भएका निर्देशक तासी नेपालीहरुले अमेरिकाको विभिन्न स्थलहरुमा चलचित्र प्रर्दशनको दिन प्रतिदिन माग बढीरहेका कारण अझै एक महिना उत्तै रहनु पर्ने समेत बताउनु भएको छ ।
10171878_10201040918220146_583485985_n
ऐतिहासिक सत्य तथ्यमा आधारित यस चलचित्र भिम दत्तको कलाकारहरु नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका रहेका छन् । गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक हिमग्याप टासी लामा हुन । शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नु भएको छ भने कथा मणी थापाको रहेको छ । राजेश पायल राई र सत्य कला राई(खड्का)को सुमधुर स्वर दिनु भएको छ भने शब्द तथा संगीत मणी थापा कै रहेको छ । चलचित्रका निर्माताहरु प्रताप चन्द्र तामाङ्ग, बिष्ण थेवे, अनुराधा शाह, रामशरण बस्नेत, नव ज्योती बचत तथा ऋण सहकारी संस्था लि.(कतार) साथै नवल खडका रहेका छन्।

Namaste Filmy

Read Previous

२० बर्षपछि एउटै पर्दामा दुइ बलिउड सुन्दरी ।

Read Next

तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१ । नोमीनेशनको तयारी हुँदै ।