२० बर्षपछि एउटै पर्दामा दुइ बलिउड सुन्दरी ।

 [dropcap]ला[/dropcap]मो समय देखि पानी बराबरको स्थितिमा रहेका दुई बलिउड सुन्दरी हरु अब भने एउटै पर्दामा देखिने भएका छन । पुर्व बिश्व सुन्दरी ऐश्वर्या राय र अभिनेत्री सुस्मिता सेन अब एउटै पर्दामा देखिने भएका हुन । यी दुई सुन्दरी बीच लामो समयदेखि असमझदारी रहदै आएको थियो ।sushmita and aishwarya
एड गुरु प्रल्हाद कक्कडले निर्माण गर्ने नयां फिल्म ह्याप्पी एनिभर्सरी मा यी दुई नायिका एकसाथ देखिने भएका हुन । फिल्म ह्याप्पी एनिभर्सरीमा साथ साथ काम गर्ने भएपछि सुस्मिता सेन अत्यन्तै उत्साहित रहेकी छिन । यता ऐश्वर्या पनि लामो समयपछि पर्दामा देखिन लागेकी हुन । उनी विवाह पछि कुनै नयां फिल्ममा खासै देखिएका थिइनन । आफ्नी छोरी आरध्याको रेखदेखको कारण पनि ऐश्वर्या फिल्ममा देखिएका थिइनन । तर अब भने उनले मेहनतका साथ फिल्ममा अभिनय गर्ने बताइन्छ । फिल्ममा ऐश्वर्या र सुस्मितासंगै अभिषेक बच्चनको पनि मुख्य अभिनय रहनेछ ।
यसरी लामो समयदेखि एकअर्कालाई नरुचाउने यी दुई सुन्दरी एउटै फिल्ममा देखिने भएपछि बलिउडमा यी दुईको दुश्मनी सकिएको चर्चा चल्न थालेको छ । यी दुई सुन्दरी बीच मिस इडिया प्रतियोगिता देखि नै असमझदारी रहदै आएको थियो ।

Namaste Filmy

Read Previous

कसको अंगालोमा यसरी रोइन गरिमा ? भिडियो हेर्नुहोस ।

Read Next

अमेरिकामा चलचित्र भिमदत्तको भब्य प्रिमिएर ः अमेरिकामा चलचित्रको माग बढदै