तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१ । नोमीनेशनको तयारी हुँदै ।

 [dropcap]ता[/dropcap]माङ चौतारी समुह र तामाङ चलचित्र संघको संयुक्त आयोजनामा दोस्रो तामाङ फिल्म एन्ड म्युजिक अवार्ड हुने भएको छ । यसअघि २०६७ सालमा पहिलो पटक तामाङ चौतारी समुहले यो अवार्ड गरेको थियो । यसपटक भने तामाङ चौतारी समुह र तामाङ चलचित्र संघले सङ्युक्त रुपमा अवार्डको आयोजना गर्ने भएको हो ।tamang awardतामाङ फिल्म एन्ड म्युजिक अवार्ड २०७१ का लागी २७ वटा फिल्म दर्ता भएको छ । अवार्डको लागी हाल नोमीनेशनको लागि धमाधम कामहरु भैंरहेको तामाङ फिल्म एन्ड म्युजिक अवार्ड २०७१ का संयोजक तथा तामाङ चौतारी समुहका अध्यक्ष बिनोद तामाङले जनाकरी दिनुभयो । अबको केही दिनमै नोमिनेशनमा परेको नामहरु सर्बजानिक गरिने बताइएको छ । तामाङ चलचित्रकर्मीहरुको प्रोत्साहन र संरक्षण गर्ने मुल उदेश्यका साथ तामाङ फिल्म एन्ड म्युजिक अवार्ड २०७१ आयोजना गर्न लागिएको हो ।

साभार: जयनकुमार मोक्तान

Namaste Filmy

Read Previous

अमेरिकामा चलचित्र भिमदत्तको भब्य प्रिमिएर ः अमेरिकामा चलचित्रको माग बढदै

Read Next

नायिका प्रियंकाको बेइज्जत । 'मेरो बेस्ट फ्रेन्ड' पोस्टर तथा ट्रेलर रीलिज ।