नायिका प्रियंकाको बेइज्जत । 'मेरो बेस्ट फ्रेन्ड' पोस्टर तथा ट्रेलर रीलिज ।

[dropcap]नि[/dropcap]र्देशक प्रसन्न पौडेल निर्देशित चलचत्रि मेरो बेस्ट फ्रेन्डको अफिसियल पोस्टर तथा ट्रेलर एकसाथ रिलिज गरिएको छ । पहिलो पटक सार्वजनिक गरिएको फिल्मको पोस्टरमा सबै मुख्य कलाकारहरुलाई देखाइएको छ ।mero best frend 2
यसैबीच फिल्मको अफिसियल ट्रेलर पनि रिलिज गरिएको छ । सोमबार रातीमात्र सार्वजनिक गरीएको ट्रेलरमा भुषण दहालको अडियो न्यारेशन रहेको छ भने फिल्मका प्राय सबै मुख्य पात्रहरुलाई देखाइएको छ । यसअघि रेश मरहठा, दिवस उप्रेती तथा प्रियंका कार्कीलाई मात्र फिल्मका प्रमुख पात्र भनिएपनि ट्रेलरमा भने पछिल्लो समयका ब्यस्त नायिका केकी अधिकारी, पुजा शर्मा, नायक बिमलेश अधिकारी, किरण लकौल तथा निर्मल शर्मालगायतलाई देख्न सकिन्छ । ट्रेलरअनुसार एकतिर प्रेम र अर्कातिर मित्रताको कथालाई फिल्ममा उतारिएको बुझन सकिन्छ ।
हेर्नुहोस ट्रेलर :


आशावादी फिल्मसको प्रस्तुतीमा प्रजिता बज्रचार्यको निर्माण रहेको फिल्म निर्देशक प्रसन्न पौडेलको दोस्रो फिल्म हो । उनले यसअघि म्युजिकल लभस्टोरी फिल्म स्वर निर्देशन गरेका थिए । फिल्म मेरो बेस्ट फ्रेन्डमा सुगम पोखरेल, राजनराज शिवाकोटी, प्रमोद खरेल तथा आशुशेन लामाको संगीत रहेको छ । त्यस्तै फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द तथा बिदुर पाण्डेको छयांकन रहेको छ । फिल्म अगामी बैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१ । नोमीनेशनको तयारी हुँदै ।

Read Next

हिन्दी फिल्म 'मे तेरा हिरो' ले गर्यो राम्रो ब्यापार ।