हिन्दी फिल्म 'मे तेरा हिरो' ले गर्यो राम्रो ब्यापार ।

[dropcap][/dropcap]त शुक्रबारबाट रिलिज भएको हिन्दी फिल्म मे तेरा हिरोको तीन दिनको बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । फिल्मले गत आइतबारसम्म कूल २१ करोड कलेक्सन गरेको छ । डेबिड धवनले निर्माण गरेको सानो बजेटको यस फिल्मले यतिको ब्यापार गर्नुलाई राम्रो मान्न सकिने भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।Main Tera Hero (2014)गत शुक्रवार अन्य कुनै फिल्म हरु रिलिज नभएकोले पनि मे तेरा हिरोलाई फाइदा पुगेको तर सोहि दिन बंगलादेशमा भएको भारत र दक्षिण अफ्रिकाबीचको क्रिकेटका कारण दर्शक घटेको जनाइएको छ । अब अगामी शुक्रबार विग ब्यानरको फिल्म भुतनाथ रिटन्र्स को प्रदर्शनले पनि फिल्मलाई नकारात्मक असर पुर्याउने बिश्लेषकहरुको भनाई छ ।
बरुण धवन, नरगिस फाखरी लगायतको अभिनय रहेको फिल्म करिब २४०० पर्दामा एकसाथ रिलिज भएको थियो । फिल्मले प्रदर्शनको पहिलो दिन मात्र ६.२५ करोड कमाई गरेका थिए । त्यस्तै सोमबारसम्म पनि फिल्मको कमाई राम्रै रहेको रिपोर्ट आएको छ । फिल्मले सबैभन्दा बढि कमाई राजस्थानमा गरेको छ ।

Namaste Filmy

Read Previous

नायिका प्रियंकाको बेइज्जत । 'मेरो बेस्ट फ्रेन्ड' पोस्टर तथा ट्रेलर रीलिज ।

Read Next

Model Watch: Susmita Shahi