बेलायती मोडल पीचेसको अचानक निधन ।

[dropcap][/dropcap]र्चित बेलायती मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पीचेस गेल्डफको निधन भएको छ । पीचेस सोमबार दक्षिणी इङल्याण्डको केन्ट स्थित आफ्नै घर मृत अवस्थामा फेला परेकी थिइन् । २५ बर्षीय पीचेसको दुई छोरा र श्रीमान छन् । उनले गायक थोमस कोयनसंग दोस्रो विवाह गरेकी थिइन् ।piches
प्रहरीले उनको मृत्युलाई अचानक भएको भएपनि शंकास्पद कुराहरु केही नभेटिएको बताएको छ । उनका बाबु बोबले छोरीको मृत्युबाट आफूहरु मर्माहत भएको विज्ञप्ती निकालेर जनाएका छन् ।
पीचेस संगीतकार बोब गेल्डफ र टिभि कार्यक्रम प्रस्तोता स्वर्गीय पाउला यट्सकी छोरी हुन् ।  उनको मृत्युको कारण खोज्न अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पिचेस एक लेखिका पनि हुन् । स्थानीय म्यागाजिनमा उनी स्तम्भकार थिइन् । उनलको आटीभीटूज् ओएमजी टेलिभिजन कार्यक्रम निकै चर्चित थियो ।

Namaste Filmy

Read Previous

Model Watch: Susmita Shahi

Read Next

महा नायक राजेश हमालको 'जेठ १४' मा बिहेभोज ।