महा नायक राजेश हमालको 'जेठ १४' मा बिहेभोज ।

 [dropcap]जे[/dropcap]ठ १४ नेपाली जनताका लागी एउटा उदाहरणीय दिन हो । यो दिन नेपालमा गणतन्त्र घोषणा भएकोले पनि सम्पुर्ण नेपाली जनताले जेठ १४ हत्तपत्त बिर्सदैनन । तर अब भने जेठ १४ मा अर्को एक महत्वपुर्ण र सम्झना योग्य काम हुने भएको छ । अर्थात अगामी जेठ १४ मा चलचित्र उद्योगका महानायक राजेश हमालले आफ्नो बिहेभोज खुवाउने भएका छन ।rajesh hamalस्रोतका अनुसार सामन्य र सरल तरिकाले सम्पन्न गरिने उक्त विहेभोजमा हमाल निकटका अधिकांश आफन्त तथा इष्टमित्रहरुको उपस्थिति रहनेछ । जसको लागी हमालले अतिथिहरुलाई निम्ता समेत बाडिसकेको बुझिएको छ । प्राप्त जानकारीअनुसार बिहेभोज दिनका लागी हमालले राजधानीको एक सुबिधासम्पन्न बैकिंट पनि बूक गरिसकेका छन ।
हमालले औपचारिक रुपमा विवाह भने जेठको पहिलो हप्तामा नै गरिने जनाइएको छ । लामो समयदेखि प्रेममा रहेका प्रेमिका मधु भट्टराई संग हमाल विवाह बन्धनमा बधिन लागेका हुन । विवाहका लागी आन्तरिक रुपमा तयारी तिव्र पारिएको छ । मधु तर्फका घरमा पनि विवाहको रमझम छाइसकेको बुझिएको छ । हमालको विवाहमा सरिक हुन उनका दिदीहरु अमेरिका बाट जेठको सुरुमा नै नेपाल आउने भएका छन । स्रोतका अनुसार विवाहमा केहि कुटनितिक ब्यक्ति तथा पदाधिकारीहरुको पनि सहभागिता रहनेछ ।
यसअघि पटकपटक विहको मिति सारेपनि अब भने हमालको विहे पक्का जस्तै देखिएको छ । यसपटक भने मधु ले राजधानीको एक बुटिकमा लुगा अर्डर गरिसकेकोले विहे नसर्ने लगभग निश्चित छ । मधुले राजधानीको एक बुटिकमा केहि सातापहिले विवाहको लागी लुगा अर्डर दिएकी थिइन ।

Namaste Filmy

Read Previous

बेलायती मोडल पीचेसको अचानक निधन ।

Read Next

सातौ नेफ्टा अवार्ड हङकङमा गर्ने तयारी ।