सातौ नेफ्टा अवार्ड हङकङमा गर्ने तयारी ।

 [dropcap]ने[/dropcap]पाल चलचत्रि प्रविधिक संघले बर्षेनी प्रदान गर्दै आइरहेको नेफ्टा अवार्डको सातौ संस्करण हङकङमा हुन सक्ने बताइएको छ । यसअघि केहि महिना पहिले मात्र मलेसियामा सफलताका साथ अवार्ड बितरण गरेका प्रविधिक संघले यसपटक हङकङमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मंगलबार आयोजित एक समारोहमा जानकारी गराइएको हो ।nefta-awardराजधानीमा आयोजित उक्त पत्रकार भेटघाट समारोहमा संघका अध्यक्ष मनोज केसीले हङकङको अवस्था र त्यहाका आयोजकहरुसंग सहमति गर्नका लागी अबको केहि दिनमा नै आफुहरु हङकङ जान लागिएको बताउनुभयो । के सी ले हङकङमा नै नभए पनि अन्य कुनै बिदेशी भुमिमा नै अवार्ड बितरण कार्यक्रम आयोजना गरिने स्पष्ट पार्नुभयो ।

नेफ्टा अवार्डका लागी हालसम्म सयभन्दा बढि फिल्महरु सहभागी हुन आइसकेका छन भने अझै केहि फिल्म हरु थपिने आयोजकको भनाई छ । फिल्महरुको औपचारिक दर्ता प्रक्रिया भने अगामी बैशाखदेखि सुरु हुनेछ ।patrakarत्यस्तै नेफ्टा अवार्डको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा नवनिर्वाचित चलचित्र पत्रकार संघका पदाधिकारीहरुलाई सम्मानसमेत गरिएको थियो ।

Namaste Filmy

Read Previous

महा नायक राजेश हमालको 'जेठ १४' मा बिहेभोज ।

Read Next

एैश्वर्या राय फेरी आमा बन्दै ?