एैश्वर्या राय फेरी आमा बन्दै ?

[dropcap][/dropcap]र्चित बलिउड अभिनेत्री तथा पुर्व बिश्वसुन्दरी एैश्वर्या राय फेरी आमा बन्ने समाचारले अहिले पुरा बलिउड तातिएको छ । समाचारअनुसार एैश्वर्या दोस्रोपटक गर्भवती भएकी छिन । तर यसबारेमा बच्चन परिवारबाट भने कुनै किसिमको अभिब्यक्ति आएको छैन । जसकारण यो समाचारको पुष्टि हुन भने बांकि नै छ ।aiswaryaपछिल्लो समय फिल्ममा फर्किने बताइरहेको बेला यो समाचारले उनको फ्यानहरु झस्किएका छन । उनको पहिलो छोरी आरध्य हाल चार बर्षकी भइसकेकी छिन । विवाह र छोरी जन्मिएपछि पुरा ध्यान सन्तानको लागी लगाएकि यी बिश्वसुन्दरी पुन आमा बन्ने भएपछि फिल्ममा फर्किने सम्भावना अत्यन्त कम रहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । उनी पछिल्लो समय केहि चलेका ब्यानरबाट फिल्ममा कमब्याक हुने बताइएको थियो । समाचारमा जनाइएअनुसार हाल बच्चन परिवारको दुइ बंगला भब्य बनाउने काम भइरहेको छ । ताकि आफनो परिवारको नयां सदस्यलाई भब्य घरमा स्वागत गर्न पाइयोस ।

एैश्वर्या आमा बन्नुमा बच्चन परिवारको चाहना रहेको बुझिएको छ । यदि यो समाचार साच्चै भएको खण्डमा महानायक अमिताभ बच्चन पनि दोस्रोपटक हजुरबुवा बन्ने छ । तर बच्चन परिवारले यसबारेमा केहि नबोलेको कारण सत्य अर्कै हुन सक्ने पनि अनुमान गरिएको छ ।

Namaste Filmy

Read Previous

सातौ नेफ्टा अवार्ड हङकङमा गर्ने तयारी ।

Read Next

खुल्ला सडकमै हानाहान गरे गौरव र प्रदिपले । फोटोफिचर ।