खुल्ला सडकमै हानाहान गरे गौरव र प्रदिपले । फोटोफिचर ।

[dropcap][/dropcap]न्टलापुर घाम, वरिपरि हरियाली जंगल भएपनि धुलो उडिरहेको कच्ची सडक अनि बाघको प्रतिमुर्ति भएको चोक । त्यहिनेर आक्रोशित मुद्रमा रहेका दुई जना केटा हरु का बीचमा डराउदै उभिएकि एउटी केटी ।adhhakatti10
मंगलबार नमस्तेफिल्मी कर्मी चितवनको सौरहामा पुग्दा यस्तै दृश्य देखियो । जहा चलचित्र ‘अधकट्टी’को छयांकन भइरहेको थियो । चोकमा उभिने दुई युवाहरु फिल्मका नायक गौरव पहारि र प्रदिप बांस्तोला थिए र उभिने युवती नायिका रिस्ता बस्नेत । फिल्ममा सौरहाकै स्थानीय युवाहरुको कथा रहेछ । आफना गाउटोलकी युवतीलाई काठमण्डौबाट आएका केहि युवाहरुले अभद्र ब्यवहार गरेपछि तीनीहरुलाई कुटेर युवतीको ज्यान बचाउदै थिए फिल्मका दुई हिरोहरु ।adhhakatti6
सञ्चारकर्मी सुब्रत आचार्यले पहिलोपटक निर्देशन गरिरहेको फिल्मको यतिबेला सौरहा लगायत चितवनको विभिन्न रमणिय स्थानहरुमा धमाधम छयांकन भइरहेको छ । यहि छयांकनको क्रममा मंगलबार सौरहको बागमारा चोकमा द्धन्दको दृश्य छयांकन भइरहेको थियो । द्धन्दको दृश्य भएका कारण निर्देशक सुब्रत आचार्य फुर्सदिला देखिन्थे । यता द्धन्द निर्देशक रोशन श्रेष्ठ र उनका सहायक अशोक खडका लाई भने भ्याइ नभ्याइ थियो । गौरव र प्रदिप पनि पहिलोपटक प्रोफेसनल फाइटरहरुसंग फाइट गर्नुपर्दा पटक पटक टेक खाइरहेका देखिन्थे ।adhhakatti9फिल्मका निर्माता प्रदिप उदय भने चर्को घामलाई छल्दै शितल तिर अराम गरिरहेका थिए । नमस्ते फिल्मीकर्मी पुग्ने बितिकै गफिदै प्रदिपले फिल्मको छयांकन सफलताका साथ भइरहेको र अब चितवनमा मात्रै चार दिनको सुटिङ बाकि रहेको बताए । ८ दिनको सुटिङ सेड्युल निकालेर चितवन आएको बताउदै उनले अब फिल्मको गीतहरु मात्र खिच्न बांकि रहेको बताए ।
निर्देशक सुब्रत आचार्यले भने फरक अनुभव सुनाए । छयांकन स्थलमा स्थानीय ब्यक्तिहरुको शुन्य उपस्थिति देखेपछि उनले हास्दै भने – ‘अब सौरहाबासीलाई सुटिङको बानी नै परिसकेछ ।’ उनले यसअघि विभिन्न फिल्म तथा म्युजिक भिडियोको छयांकनमा सौरहा पुग्दा स्थानीयको भीडले घेरिने गरेको अनुभव सुनाए ।adhakati11
यता फिल्मका हिरो गौरव पहारीले भने पहिलोपटक प्रोफेसनल फाइटरहरुसंग फाइट गर्नुपर्दा केहि असहज भइरहेको बताए । तर उनले सौरहाको स्थानीय युवकको भुमिकामा आफुलाई प्रस्तुत गर्दै बिग ब्यानरको फिल्ममा काम गर्न पाउदा खुशी लागेको सुनाए । फिल्मको अर्का हिरो प्रदिप बांस्तोला ले भने आफनो पहिलो फिल्म भएकोले सिनियरहरुसंग काम गर्दा धेरै काम सिक्ने मौका पाएको बताए । त्यस्तै फिल्मकी हिरोइन रिस्ता बस्नेतले पनि चर्को घाम भएपनि पहिलोपटक सौरहाको हरियाली बातबरणमा काम गरिरहदां रमाइलो भइरहेका बताइन ।adhhakatti3
चलचित्र अधकट्टीमा गौरव, प्रदीप र रिस्ताको अलवा विल्सनबिक्रम राई र अशिस्मा नकर्मीको पनि अभिनय रहेको छ भने गजित विष्ट तथा नम्रता श्रेष्ठको बिशेष भुमिका रहेको छ । सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहेको छ । फिल्मको करिब ७५ प्रतिशत छयांकन सकिएको छ ।

थप फोटोहरु हेर्नुहोस:

adhhakatti8 adhhakatti7 adhhakatti5 adhhakatti4 adhhakatti2 adhhakattiDSC07067DSC07067

Namaste Filmy

Read Previous

एैश्वर्या राय फेरी आमा बन्दै ?

Read Next

बिश्व चर्चित हलिउड स्टार राल्फ नेपालमा ।