डेढ महिनामा सकियो नम्रता र लाउरेको 'ताण्डव' ।

[dropcap][/dropcap]रिब डेढ महिनाअघि छयांकन सुरु गरिएको फिल्म ‘ताण्डव’को छायाँकन सकिएको छ । नम्रता श्रेष्ठ र ब्याटल र्यापर आशिष राना ‘लाउरे’ को मुख्य भूमिका रहेको ‘ताण्डव’ सुरु गरेको स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुति हो ।tandab
मोहन डोटेलको निर्माण र बेलायती निर्देशक मुर्रे केरले निर्देशन रहेको फिल्म ‘ताण्डव’ कुलत र अपराधसँग आधारित रहेको भनिएको छ । फिल्ममा नम्रता र लाउरेको अक्तिरिक्त अनुप बराल, एलेन गुरुङ र विपिन कार्की को पनि मुख्य भुमिका रहेको छ ।
स्म्यासिङ एप्पलको इन हाउस स्टुडियोमा सम्पादन गरिने फिल्मको छयांकन नरेन्द्र मैनालीले गरेका हुन । फिल्मलाई काठमण्डौ तथा तौलिहवाको विभिन्न स्थानहरुमा छयांकन गरिएको हो । फिल्मको रिलिज डेट भने फिक्स हुन बाँकी छ ।

Namaste Filmy

Read Previous

वर्कशप अन डिजिटल फिल्मीङ । हलिउड प्रशिक्षक नेपाल आइपुगे ।

Read Next

मैले स्थापित हुने संकल्प गरेकी छु : गायिका तृप्ति खड्का ।