वर्कशप अन डिजिटल फिल्मीङ । महानायक हमालले गरे उदघाटन ।

[dropcap]नि[/dropcap]र्देशक समाजको आयोजनामा सञ्चालन हुने पांच दिने वर्कशप अन डिजिटल फिल्मीङ को एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । राजधानीमा बिहिबार सम्पन्न भएको एक कार्यक्रममा महानायक राजेश हमालले क्ल्याप ठोकेर औपचारिक उदघाटन गरेका हुन ।workspबुधबार राती नेपाल आइपुगेका दुई मान्यताप्राप्त हलिउडविज्ञ जस्टिन डि ओ नील र जेम्स ईभान एगर्टनको विशेष उपस्थितीमा वर्कशप अन डिजिटल फिल्मीङको उदघाटन भएको हो ।

प्रमुख अतिथिका रुपमा कार्यक्रममा आएका हमालले नेपाली क्यामेरा सिनेम्याटोग्राफरहरुले सिमित श्रोत साधनमा पनि उत्कृष्ट फिल्म खिच्न मिहिनेत गरेको गरेको र अझ यस वर्कशपले उनीहरुको सीप निखार्ने औल्याए ।

पर्यटकिय नगरी पोखरामा सञ्चालन हुने वर्कशपमा प्रशिक्षण दिन नेपाल आएका दुई हलिउड बिज्ञले वर्कसपमा सक्दो ज्ञान बाड्ने बताए । उनीहरु पाँच दिन सम्म वर्कसपमा केन्दित हुनेछन् र चार दिन बुझिएको छ । वर्कसप अन डिजिटल फिल्मीङ मा करिब ५० जना नेपाली फिल्मकर्मीहरुको सहभागिता रहनेछ । फिल्मकर्मीहरुको उक्त टोली बिहिबार मनकामना हुदै पोखरा पुग्ने बताइएको छ ।

यो पनि पढनुहोस :

Namaste Filmy

Read Previous

जीवनमा उत्साह जनक “कदम” चाल्दै छिन साहित्यकार जया ओझा ।

Read Next

आफुले ठगी नगरेको अभिनेता दिनेश शर्माको प्रष्टोक्ति ।