जीवनमा उत्साह जनक “कदम” चाल्दै छिन साहित्यकार जया ओझा ।

राजेन्द्र कार्की ।

rajendra [dropcap][/dropcap]बैको बाँच्ने एउटा जीन्दगी नै हो । तापनि बाँच्ने क्रममा धेरै उकाली ओराली अनि बाङ्गो टिङ्गा गोरेटो, दोबाटो चौतारी, भञ्ज्याङ्ग, नदी नाला, भेल, बाढी पहिरो सबैसँग सामना गर्नु पर्दछ । यस्ता जीवन संघर्षका अनन्त यात्रामा सबै मानवहरु उर्जाशिल रहि रहँदैन । जीवन यात्रामा उत्साहजनक पाइलाहरु त उसले बढाउछ, जसले सफलता चुम्ने दृढता मन भरी–भरी साँचेका हुन्छन । अनि आफ्ना हरेक उत्साहका पाइलाहरु होसीयारी र नलखराई लम्काउने साहस गर्दछन । यी यस्तै धेरै मानिसहरुको भिडमा देखा पर्दैछिन, लेखीका जया ओझा ।
६० सालमा अध्ययनको सिलसिलामा नुवाकोटको त्रिशुलीबाट राजधानी काठमाण्डौं आउनु भएको हो उहाँ । उहाँ राजधानी शहरको साक्षात्कारको रहर र अध्ययनको लहडले मात्र समस्या नै समस्याको डंग्गुर राजधानीमा आउनु भएको भने होइन । उहाँसँग कहिल्यै नऔलिने संकल्प थियो । कसैले झट्टारो हान्दैमा नझर्ने दृढता थियो । अनि “कदम” बढाउने अदम्य साहस थियो । त्यसैले त उहाँ जस्तो शिष्ट, शालीनता भएको हाम्रै परम्परागत र रुढीग्रस्त समाजकी नेपाली नारीको पाइला आज सम्म डगमगाएको छैन । जीवनको असन्तुलित जोड घटाउलाई सन्तुलित गर्दै हातमा लाग्न सकेको केहि सफलताबाट अझै उर्जाशिल बन्दै पुर्णरुपमा फक्रिने प्रयासमा हुनु हुन्छ साहित्यकार जया ।
छलकपट, लोभ, पापको भिडका भिड भएको हाम्रो समाजमा पनि एउटी नारी पात्र हुँदै सवल ढंगले गीतको सृजना गर्नु हुन्छ । जानी नजानी कसैको अल्झेलोले उहाँको उत्साहलाई मार्न सकेका सक्दैन । त्यसैले त कपीको हरफ हरफहरुमा निरन्तर बढाउनु सक्नु हुन्छ सुन्दर अक्षरका थुप्राहरु । अक्षर अक्षर सजाएर सुन्दर माला बनाउनु हुन्छ । हो त्यस्तै गर्नु भएको छ उहाँले । जस्तो स्वभाव, उस्तै ब्यवहार र प्रस्तुती छ उहाँको । उहाँले जीवनका अनुभव र अनुभूतिहरुलाई मन भित्र भित्रै औल्याउन दिनु भएको छैन । बरु त्यसलाई कथा, पटकथा र संवाद बनाउँदै चलचित्रको माध्यमबाट हामी बिच बाँडन सक्नु भएको छ । कति साहसी हुन्दैछन नेपाली नारीहरु पनि । कसैको लोभलाभमा फस्न पर्दैन आत्मविश्वास, दृढता र साहस भइकी नेपाली नारीहरुलाई पनि । ति नारीहरु मध्येकी मेरो नजरको उहाँ पनि एक पात्र बन्न सक्नु भएको छ । त्यसैले पनि म उहाँलाई आदर स्वरुप दशऔंला जोडदै एक पटक हृदय देखिको प्रणाम गर्न चाहन्छु । अझ उहाँको ती उमङ्ग, उत्साह र दृढताहरुको अगाडि मेरो टुटेफुटेका शब्दहरु समर्पण गर्न चाहन्छु ।
उहाँले २०६३ सालमा आफ्नै रचनाहरुमा “कदम” एलबम गीती संगालो लिएर नलखराउने कदमहरु बढाउन jaya ojhaप्रारम्भ गर्नु भएको थियो । त्यही वर्ष राजेश शाहीद्धारा निर्माण र प्रदिप श्रेष्ठको निर्देशन रहेको चलचित्र “कवज”को लागि स्क्रिप्ट लेख्नु भएको थियो । सहीत्यकार पारीजातको शिरिषको फूल उपन्यासलाई जापानिज भाषा सहित चलचित्रमा उतारी सक्नु भएका जापानिज निर्माता निर्देशक डा. तोसी आकी इत्योको निर्देशनमा “माई लभ”को छायाँकन कार्य समाप्त भइसकेको छ । रन्जित रानाका निर्देशनमा निर्माणहुन गइरहेको चलचित्रका लागि सिक्रिप्ट सकाइ सक्नु भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइसकेको ३० भागको “परिबन्ध” टेली सिरियलको कथा, पटकथा संवाद उहाँ कै थियो । त्यसो त प्रहरी अनुरोध कार्यक्रममा प्रशारण हुने टेली चलचित्रका लागि समेत कथा, संवादहरु लेखी सक्नु भएको छ । चलचित्र “मेरो मनको साथी” “सडक” “तिमी मेरो म तिम्रो” “माइ लभ”का मिठा र मन छुने गीतहरु उहाँ कै सृजना हो । चलचित्रको लेखन र गीतहरुको सृजनामा बाहिरी प्रेरणा कसैबाट नपाईतापनि लेख्न पाए हुन्थ्यो भन्ने जिज्ञासा र प्रयास भने सानै उमेर देखि थियो । भनिन्छ पिपलको बोट ढुङ्गाको कापैबाट पनि उम्रिन्छ, हुर्किन्छ, बढ्छ र धेरैलाई सितलता दिने गर्दछ । हो, वास्तवमा नारीको आत्म विश्वास र दृढताका कदमहरु सफलता तर्फ उन्मुख हुन सक्छ भन्ने उजागर गरिदिनु भएको छ, साहित्यकार जयाले । तर्सथ अझ उत्साह छ उहाँ सँग । त्यसैले अहिले नेपाली विषयको स्नाकोत्तरको विशिष्टताको लागि लागिपरिरहनु भएको छ । साहित्यका विविध विद्यामा समेत कलम चलाइरहनु भएको छ । त्यतिले मात्र उहाँको मन भरिएको छैन । अझै असहाय, दिनदुखीहरुलाई कानुनी झैं झमेलाबाट निशुल्क उपचार ब्यवस्था गर्न पाए हुन्थ्यो भन्ने योजना सहित कानुन विषयको अध्ययनमा लागिपरिरहनु भएको छ । यसरी जीवन यात्रामा उत्साह जनक कदम चाल्दै हुनुहुन्छ साहित्यकार जया ओझा । हामी पनि उहाँ जस्तै शालिन, शिष्ट, आत्मविश्वासी, साहस र दृढताका साथमा आफ्नै ब्यक्तित्व विकास, समृद्ध समाजको जग बसाल्दै सम्मुनत राष्ट्र निर्माणका लागि लागि पर्ने हो की ?
(साहित्यकार जया ओझासँगको कुराकानीमा आधारित)

Namaste Filmy

Read Previous

मैले स्थापित हुने संकल्प गरेकी छु : गायिका तृप्ति खड्का ।

Read Next

वर्कशप अन डिजिटल फिल्मीङ । महानायक हमालले गरे उदघाटन ।