आफुले ठगी नगरेको अभिनेता दिनेश शर्माको प्रष्टोक्ति ।

dinesh-sharma [dropcap]के[/dropcap]हि साता अघि कान्पिुर दैनिकमा प्रकाशित भएको समाचारको को बिषयमा अभिनेता दिनेश शर्माले रिपोर्टस क्लब मा पत्रकार सम्मेलन गर्दै आफनो धारणा सार्वजनिक गरेका छन । कान्तिपुरमा प्रकाशित समाचारअनुसार अभिनेता शर्माले केहि नेपालीलाई बेल्जियम लैजाने भन्दै करोडौको ठगी गरेको उल्लेख थियो । तर अभिनेता शर्माले समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन ।पत्रकारहरुको बीचमा बोल्दै शर्माले यस्तो काममा आफनो कुनै संलग्नता नरहेको र आफनो बारेमा यस्तो गलत समाचार आउनु दुखद भएको बताए ।
उनले आफ्नो शरिरमा एक मुठ्ठी श्वास रहुन्जेल सम्म पनि आफू पेशाप्रति सँधै इमान्दार भइ दर्शकहरुको स्वस्थ्य मनोरञ्जनमा नै तल्लीन रहने समेत प्रतिबद्धता जनाएका छन् । केही दिनअघि शर्माले बेल्जियम लैजाने भन्दै दर्जनौ युवाहरुबाट रकम उठाएर ठगी गरेको समाचार प्रकाशित भएको थियो ।
उनी यतिबेला फिल्म दानवको काममा जुटिरहेका छन । शर्माकै निर्माणमा बनिरहेको फिल्म दानव आउदो बर्ष दर्शकमाझ आउने पनि उनले बताए ।

यो पनि पढनुहोस:

के रियल लाइफमा पनि भिलेन नै हो त दिनेश शर्मा ?

Namaste Filmy

Read Previous

वर्कशप अन डिजिटल फिल्मीङ । महानायक हमालले गरे उदघाटन ।

Read Next

१२ बर्षपछि अक्षय र अभिषेकको मिलन 'हाउसफुल ३' मा।