१२ बर्षपछि अक्षय र अभिषेकको मिलन 'हाउसफुल ३' मा।

[dropcap][/dropcap]लिउड खेलाडि अक्षय कुमार र जुनियर बच्चन अभिषेक बच्चन एउटै फिल्ममा देखिन सक्ने बुझिएको छ । साजिद नाडियावालाको फिल्म हाउसफुलको तेस्रो संस्करण हाउसफुल ३ मा यी दुई बलिउड स्टार साथ साथ देखिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । aksayabhi630यसअघि हाउस फुल र हाउस फुल २ मा अक्षय कुमार ले मुख्य भुमिका निर्वाह गरेका थिए । अब हाउस फुल ३ मा भने अभिषेक पनि अक्षय संगै फिल्ममा देखिन सक्ने बताइएको छ ।
अक्षय र अभिषेक करिब १२ बर्षपछि एउटै पर्दामा देखिन लागेका हुन । यसअघि उनीहरु २००२ मा रिलिज भएको फिल्म हा मेने भी प्यार किया है मा एउटै पर्दामा छाएका थिए ।
फिल्म हाउसफुल ३ को निर्देशन निर्देशक लेखक साजिद र फरहाद ले मिलेर गनै लागेका छन । उनीहरु यतिबेला अक्षय कुमार लाई लिएर फिल्म इटस इन्टरटेन्टमेन्टको निर्देशन गरिरहेका छन ।
स्मरण रहोस सन २०१० मा हाउसफुल र २०१२ मा हाउसफुल २ रिलिज भएका थिए । यी दुवै फिल्मको निर्देशन साजिद खानले गरेका थिए ।

Namaste Filmy

Read Previous

आफुले ठगी नगरेको अभिनेता दिनेश शर्माको प्रष्टोक्ति ।

Read Next

'मनले मनलाई छुन्छ'ले चितवनमा गर्यो पत्रकार सम्मेलन । शुक्रबार शिव रेग्मीको सम्झनामा बाजा सहित र्याली निकालिने ।फोटोफिचर।