'मनले मनलाई छुन्छ'ले चितवनमा गर्यो पत्रकार सम्मेलन । शुक्रबार शिव रेग्मीको सम्झनामा बाजा सहित र्याली निकालिने ।फोटोफिचर।

[dropcap][/dropcap]रिष्ठ चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीद्धारा निर्देशित अन्तिम चलचित्र मनले मनलाई छुन्छ युनिटले प्रदर्शनको पूर्वसन्ध्यामा बिहिबार भरतपुरमा पत्रकार सम्मेलन गरि फिल्मको बारेमा जानकारी गराएको छ ।shiva 4कार्यक्रममा चलचित्रको प्रदर्शन हुनु पूर्व भोलि स्वर्गीय निर्देशक रेग्मीको निवासबाट उहाको सम्मानमा बाजागाजा सहित नारायण्ँगढको ईन्द्रदेव चलचित्र मन्दिरसम्म र्याली निकालिने समेत जानकारी गराईएको थियो । कार्यक्रममा रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीले उहा“को अन्तिम चलचित्र भएको र अब यस पछाडि चाहेर पनि कोहि दर्शकले उहा“को चलचित्र हलमा गएर हेर्न नपाउने भन्दै रेग्मीलाई माया र सम्मान  गर्नुहुने सम्पूर्ण दर्शकहरुले एक पटक चलचित्र मनले मनलाई छुन्छ हेरिदिन आग्रह गर्नुभयो ।shiva 7यस्तै कार्यक्रममा बोल्दै पत्रकारहरुको जिज्ञासामा चलचित्रका निर्माता तथा कलाकार बिरेन श्रेष्ठले आफू कलाकार मात्र नभई निर्माता समेत भएको नाताले चलचित्र राम्रो बनेको भन्दै सम्पूर्णले हलसम्म गएर हेरिदिन आग्रह गर्नुभयो । यस्तै चलचित्रकी नायीका गरिमा पन्तले नारी प्रधान चलचित्र भएकाले चलचित्र राम्रो बन्नुका साथै सम्पूर्ण दर्शकहरुको मन छुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा रेग्मीसंग लामो समयसम्म संगै सहकार्य गर्नुभएका कलाकार तथा निर्माता केशव भट्टराईले पनि रेग्मीको अन्य चलचित्र जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले चलचित्र सफल हुने बताउनुभयो ।shiva 2
चलचित्र मनले मनलाई छुन्छ पारिवारिक विÈयबस्तूमा आधारित चलचित्र हो । रेग्मीद्धारा निर्देशित चलचित्रहरु आङ्खनो मान्छे, सुखदुःख, आफन्त, कहा“ भेटिएला, फूल लगाएत दर्जनौ चलचित्र सफल भएका थिए । रेग्मीको गत मंसिरमा उपचारको क्रममा निधन भएको थियो ।

पत्रकार भेटघाटको थप फोटोहरु:

shiva 6 shiva 7 shiva 3 shiva 5 shiva 1 shiva 4 shiva 9shiva 8

Namaste Filmy

Read Previous

१२ बर्षपछि अक्षय र अभिषेकको मिलन 'हाउसफुल ३' मा।

Read Next

फ्राइडे रिलिज : ‘मनले मनलाई छुन्छ' र "नाइ नभन्नु ल २"