फ्राइडे रिलिज : ‘मनले मनलाई छुन्छ' र "नाइ नभन्नु ल २"

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात चैत्र २८ गते दुई नेपाली चलचित्र ‘मनले मनलाई छुन्छ’ र “नाइ नभन्नु ल २”प्रदर्शनमा आएको छ ।२०७० मा प्रदर्शनमा आउने यो चलचित्रहरु नै अन्तिम हुन् । यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्र ‘मनले मनलाई छुन्छ’ र “नाइ नभन्नु ल २”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :
‘मनले मनलाई छुन्छ’

1960334_610789462336318_276715619_n

बरिष्ठ चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीद्धारा निर्देशित अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ ।मिराकल मिडिया प्रालिको ब्यानरमा तयार यो चलचित्र ‘मनले मनलाई छुन्छ’ लाई सुनिल सिटौला र बिरेन श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा बिरेन श्रेष्ठ,गरिमा पन्त,सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सृजना बस्नेत ,शंकर रेग्मी लगायतको मुख्य अभिनय रहेको छ । शम्भु सापकोटाको छायांकन ,बनिश शाहको सम्पादन ,बसन्त सापकोटाको संगीत रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ रिष्ठ चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीद्धारा निर्देशित प्रदर्शन हुने अन्तिम चलचित्र हो ।

‘नाइ नभन्नु ल २”

1184762_10202602251930200_386839426_n रिलिज पूर्व नै गीतले नै सबैको मन जित्न सफल चलचित्र ‘नाइ नभन्नु ल २”फ्राइडे रिलिज अन्तर्गत आज बाट देशभरका सिनेमा घर बाट प्रदर्शनमा आएको छ ।विकास आचार्यको निर्देशक रहेको तथा वान टाइम सिनेमा प्राली र एञ्जल मुभिज, अष्ट्रेलियाको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्र ‘नाइ नभन्नु ल २” आज बाट गते बाट नेपाल र अष्ट्रेलियामा एक्कै साथ प्रदर्शनमा आएको छ । चलचित्रमा दुई बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य अभिनय रहेको छ । यस्तै चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी र सिताराम कट्टेल ,सोहित मानन्धर, निर्दोष केसी पनि हुन् ।चलचित्रमा वसन्त सापकोटा र सुरेश गैरेको संगीत, कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन छ भने दिनेश कुमार पोखरेल र बिकाश आचार्य मिलेर चलचित्र निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

'मनले मनलाई छुन्छ'ले चितवनमा गर्यो पत्रकार सम्मेलन । शुक्रबार शिव रेग्मीको सम्झनामा बाजा सहित र्याली निकालिने ।फोटोफिचर।

Read Next

स्वर्गीय शिव रेग्मीको सम्झनामा चलचित्र ‘मनले मनलाई छुन्छ’ को प्रदर्शन पूर्व बाजागाजा सहित नारायणगढमा र्याली निकालियो (फोटो फिचर )