स्वर्गीय शिव रेग्मीको सम्झनामा चलचित्र ‘मनले मनलाई छुन्छ’ को प्रदर्शन पूर्व बाजागाजा सहित नारायणगढमा र्याली निकालियो (फोटो फिचर )

बरिष्ठ चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीको निर्देशनमा बनेको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ शुक्रबारवाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । शुक्रबार चलचित्र यूनिटले दर्शकहरुसंगै बसेर चलचित्र हेरेको छ । यसअधि चलचित्र युनिटले बिहिबार पत्रकार सम्मेलन गरि चलचित्रको वारेमा जानकारी दिईएको थियो ।
DSC07201
शुक्रबार चलचित्रको नायक विरन श्रेष्ठ, नायीका गरीमा पन्त, अभिनेता केशव भट्टराई, लगाएतसंग बसेर दर्शकले चलचित्र हेरेका हुन् । सो अवसरमन बोल्ने चलचित्रका नायक विरन श्रेष्टले चलचित्र राम्रो वनेकाले दर्शकले मन पराएको वताउनुभयो । नेपाली चलचित्र जगतलाई दर्जनौं सफल चलचित्र दिएका स्वर्गिय रेग्मीको निर्देशनमा अबका दिनमा कुनै चलचित्र चाहेर पनि नबन्ने भएकाले अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ हलमा गएर हेरीदिन उनकी श्रीमती ज्ञानु रेग्मीले सबै दर्शकलाई आग्रह गरेकी छन्् ।
DSC07183
चलचित्रको प्रदर्शन हुनु पूर्व शुक्रबार स्वर्गिय रेग्मीको घर बाह्घरेबाट बाजागाजा सहित नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरसम्म र्याली निकालिएको थियो । रेग्मीसंग लामो समय संगै सहकार्य गरेका कलाकार तथा निर्माता केशव भट्टराईले पनि रेग्मीको अन्य चलचित्र जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले चलचित्र सफल हुने बताएका छन्् ।
DSC07222
साथै  शुक्रबार चलचित्र  ‘मनले मनलाई छुन्छ’ हेरेका सम्पूर्ण  दर्शकले चलचित्र साचिकै राम्रो बनेको भन्दै चलचित्रले पटक पटक रुयाएको भन्दै आसु पुस्दै दर्शक बाहिर निस्केका थिए ।चितवनको ईन्द्रदेव चलचित्र मन्दिर चलचित्र हेर्ने पुगेका चितवनका पत्रकारहरुले समेत चलचित्र मन परेको भन्दै नारायण दुंगानाले फिल्म हेरेर निस्कने बितिकै आफ्नी फेसबुक यसरि चलचित्रले  ‘मनले मनलाई छुन्छ’ छोएको लेखन पुग्नु भयो “सन्दर्भ मनले मनलाई छुन्छ- जंगलमा लहराको छाप्री बुनेर एक जना पुरुषले बच्चा हुर्काएको , अनि बाख्रीको दुध चुसाएर बचाउनु परेको ,,बाख्री विरामी हुँदा अविवाहित नारिले पिडा थाम्न नसकेर स्तन चुसाउन बाध्य भएका….. यावत दृष्यले साँच्चै मनले मनलाई छुन्छ”
DSC07240
पारिवारीक विषयबस्तु समेटेर उत्कृष्ट चलचित्र पस्कन पोख्त स्वर्गिय रेग्मीले बनाएको फरक स्वादको कथानक चलचित्र ‘मनले मनलाई छुन्छ’ राम्रो बनेको भन्दै सम्पूर्णलाई चलचित्र हलसम्म गएर हेरिदिन चलचित्रकी नायीका गरिमा पन्तले आग्रह गरेकी छिन् । रेग्मीद्वारा निर्देशित चलचित्रहरु आफ््नो मान्छे, स्ुखद्ुःख, आफन्त, कहा भेटिएला, हामी तिन भाई मुगलान लगाएत दर्जनौ चलचित्र सफल भएका छन् ।
थप फोटोहरु:
DSC07244 DSC07259 DSC07264 DSC07293 DSC07311 DSC07198 DSC07196

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘मनले मनलाई छुन्छ' र "नाइ नभन्नु ल २"

Read Next

रेखा प्रहरी बनेपछि अर्चनाको जवानी जिकज्याक ।