रेखा प्रहरी बनेपछि अर्चनाको जवानी जिकज्याक ।

[dropcap]के[/dropcap]हि साताअघि मात्र फिल्मको प्रोमो र गीत सार्वजनिक गरेर राम्रो चर्चा बटुलेको फिल्म दमदारको नयां गीत सार्वजनिक गरिएको छ । जिकज्याक जवानी बोलको यस आइटम नम्बरमा नायिका अर्चना देलालले हट डान्स गरेकि छिन । गीतमा फिल्मका निर्देशक समेत रहेका कमल कृष्णको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेल र स्वयम कमल कृष्णको स्वर रहेको छ ।damdar
सुमन बिष्टको निर्माणमा कमल कृष्णले निर्देशन गरेको फिल्ममा रेखा थापा र सबिन श्रेष्ठ नेपाल प्रहरीको भुमिकामा प्रस्तुत भएका छन । रेखा र सबिनको अलवा फिल्ममा अर्चना देलाल, बासु पुडासैनी, कमल कृष्ण लगायतको मुख्य अभिनय रहेको छ । नवराज शर्माको कथा रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द, रोशन श्रेष्ठको नृत्य, सौरभ लामाको छयांकन, श्रीराम महतको सम्पादन तथा कमलकृष्णको संगीत रहेको छ । फिल्मको सार्वजनिक प्रदर्शन अगामी बैशाख २६ गतेबाट हुदैछ ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

स्वर्गीय शिव रेग्मीको सम्झनामा चलचित्र ‘मनले मनलाई छुन्छ’ को प्रदर्शन पूर्व बाजागाजा सहित नारायणगढमा र्याली निकालियो (फोटो फिचर )

Read Next

'वल्ड कप इन नेपाल'मा सानो मान्छेको पीडा । भिडियो ।