'वल्ड कप इन नेपाल'मा सानो मान्छेको पीडा । भिडियो ।

[dropcap][/dropcap]गामी बैशाख १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म वल्ड कप इन नेपाल को एक नयां गीत रिलिज गरिएको छ । दर्शना आर्टसले वितरणको जिम्मा लिएको फिल्मको नयां गीत पनि दर्शना आर्टसले नै सार्वजनिक गरेको हो । जुगल डंगोलको स्वर तथा संगीत रहेको गीतमा बालबालिको दर्दनाक पीडाहरु प्रस्तुत गरिएको छ ।world cup in nepal
चलचित्र बिकास बोर्डले बिशेष चलचित्रको रुपमा पुरस्कृत गरिसकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन । फुटबल खेल्ने किशोर हरुले बिश्वकपको सपना साचेको बिषयमाथी फिल्म तयार भएको हो । प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ निर्माता रहेको फिल्मको सहनिर्माताको रुपमा बिदुर बिष्ट र सुर्य सिंखडा रहेका छन । फिल्ममा गोपाल अर्याल, सोनु केसी, सर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, उमेश थापा लगायत एन्फा अन्डर १९ का खेलाडिहरुको समेत अभिनय रहेको छ । फिल्मको छयांकन मनिष पन्थले गरेका हुन भने फिल्ममा जुगल डंगोलको संगीत एवं कृष्ण भक्त मानन्धरको नृत्य रहेको छ ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

रेखा प्रहरी बनेपछि अर्चनाको जवानी जिकज्याक ।

Read Next

बिश्व चर्चित पप गायिका रिहानाले खिचाइन नाङगो फोटो ।