नाई नभन्नु ल २ हेर्दै हलमा नै रोए दर्शक काठमाण्डौ,पोखरा ,चितवन ,धरान लगायत देशभर दर्शकको महासागर नै उर्ले(फोटो फिचर )

गितकै कारणले यस बर्ष सर्बाधिक चर्चामा रहन सफल तथा प्रतिक्षित फिल्महरुको लिष्टमा गनिएको चलचित्र नाई नभन्नु ल २ ले देशभर उत्साहजनक व्यापार गरेको छ । चैत्र २८ गते बाट रिलिज भएको चलचित्रलाई देशभरका दर्शकहरुले रुचाएका छन् ।शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘नाईं नभन्नु ल २’ हेर्न हलमा दर्शकको महासागर नै उर्लेको छ । मल्टीप्लेक्स सहित देशभरका हल हरु का दर्शकहरुको भिड लागको छ । शुक्रबार करिब २३ लाखको व्यापार गरेको यो फिल्मले आज शनिबार ५० लाख भन्दा माथि व्यापार गर्ने अनुमान वितरकले गरेका छन् ।

10256027_629763390438925_815797069_n

पोखरा सहकर्मी शुसन घिमिरेका अनुसार शनिबार बिहानी शोमा पोखराको बिन्दबासीनि चलचित्र मन्दीरमा दर्शक हरुले सिट नपाएपछि पूरै फिल्म उभिएर हेरेका थिए । भने मध्यान्न १२ बजेको शो मा पनि दर्शक हरुको भिड लागेको छ । उता दमौलीको मनकामना चलचित्र मन्दीरमा पनि दर्शक हरु को उल्लेख्य उपस्थिति रहेको थियो । फिल्म हेर्न हलमा पुगेका अघिकांश दर्शकहरको आखां रसाएका थिए भने केही महिला तथा युबतिहरु रोएको प्रत्यक्ष देख्न सकिन्थ्यो । दर्शकहरुले फिल्म को कथा बस्तु गीत र कलाकारको अभिनयलाई रुचाएका छन् ।

10259632_629759510439313_180607032_n

तेस्तै चितवनमा पनि शुक्रबार चलचित्र “नाई नभन्नु ल २”मा दर्शकको राम्रो साथ पुन सफल भएको थियो भने शनिबार बिहानी शोमा भैमा बसेर हेर्ने ठाउँ समेत खाली थिएन ।करिब ७०० जनाले फिल्म हेर्न सक्ने क्षेमता भएको गणेश चलचित्र मन्दिरमा बिहानै शोमा १००० जना भन्दा बदिले चलचित्र हेरेका छन् भने मध्यान्न १२ बजेको शो पनि दर्शकले भैमा बसेर चलचित्र हेरेका छन् ।

1624772_629759523772645_1423761608_n

तेस्तै धरानमा पनि शुक्रबार सम्पूर्ण हलको सिट भएको सो चलचित्र शनिबार बिहानी शो र मध्यान्न १२ बजेको शो मा दर्शकले सिट नपाएर भैमा नै बसेर चलचित्र हेरेका थिए।हाम्रा धारण सहकर्मी कृष्ण भुजेल अनुसार पूर्वक सम्पूर्ण हलमा फिल्मले उत्साहजनक व्यापार गरेको गर्दै यो सालको सबै भन्दा बढी सफल चलचित्र बनेको जानकारी दिनु भयो ।

10168408_629773787104552_374926510_n

नेपालगञ्जकै बागेश्वरी हलमा पनि बिहानी शोमा चलचित्रको टिकट नपाएर दर्शक फर्किएर मध्यान्न १२ बजेको शोमा फिल्म हेरेका नेपालगञ्ज संचारकर्मी बिष्णु शाहीले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।
 

10156800_629763397105591_1959743092_n

बालकलाकार द्धय अनुभव रेग्मी र सुज्ञानी भट्टराई को अभिनय निकै उत्कृष्ठ लागेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । ‘नाई नभन्नु ल २’ बाल प्रेमकथामा घुमेको सिनेमा हो । दर्शक हरुको प्रतिक्रिया बाट आफू निकै उत्साहित रहेको निर्देशक बिकास आचार्य ले बताउनु भयो । निर्देशक आचार्यकै लेखन रहेको नाईं नभन्नु ल २ मा अनुभव र सुज्ञानी संगै सुरज सिंह ठकुरी, प्रियंका कार्की , सरोज खनाल, जीवन लुईटेल, सिताराम कट्टेल, बर्षा सिवाकोटीको पनि मुख्य अभिनय छ । संगीत बसन्त सापकोटा र सुरेश गैरेको रहेको छ । फिल्मको हिजो अष्ट्रेलियामा प्रिमियर गरिएको थियो प्रिमियर हेरेका सैबैले फिल्म लाई मनपराएको निर्देशक आर्चाय ले जानकारी दिनुभएको छ । । नाई नभन्नु ल २ को यो सफलता संगै यो बर्षको सुखद् अन्त्य भएको छ ।
चितवनको दर्शकको भिडको फोटोहरु 
DSC07379
DSC07385
DSC07397 DSC07394
 
पोखराको दर्शकको भिडको फोटोहरु 

10173204_622686201159475_1211418209_n 10168990_622686464492782_1475918595_n

Namaste Filmy

Read Previous

बिश्व चर्चित पप गायिका रिहानाले खिचाइन नाङगो फोटो ।

Read Next

बागमतीको फोहोर उठाउदै 'आवारण' टोली ।