बागमतीको फोहोर उठाउदै 'आवारण' टोली ।

[dropcap][/dropcap]निबार बागमती नदी किनारमा आवारण लेखिएको टिसर्ट लगाएको एक टोली भेटिए । उनीहरु अरु कोहि नभएर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आवारण’ युनिट हो । अगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आवारण’ले प्रचारप्रसारको फरक शैली अपनाएको हो । फिल्म युनिटले शनिबार दिनदिनै प्रदुषित बन्दै गइरहेको बाग्मती नदि सरसफाइ गरेको छ ।Aawaranआवारण इंगित टि सर्ट लगाएर निर्माता निर्देशक सहित फिल्मका मुख्य कलाकारहरु बागमती सफाईको लागी पुगेका थिए ।
जोरपाटीस्थित नवजागरण बिकास संस्था संगको सहकार्यमा आवारण टोलीले गुहेश्वरी नजिक नदि सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा फिल्मको मुख्य कलाकारहरु प्रियंका कार्की, दिब्य देव, शुशिलराज पाण्डे का साथमा निर्माता अनिल योन्जन, निर्देशक सुवास कोइराला, राजन इशान लगायत अन्य विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
सरसफाई गर्दै फिल्मका निर्माता अनिल योन्जनले आफुहरु फिल्मको पब्लिसिटी र नदी सफा होस भन्ने उद्देश्यले यो अभियानमा लागेको र यसरी नै पब्लिसिटीको बाहनामा सबैले सरसफइमा लाग्ने हो भने साच्चै बागमती सफा हुने बताए । त्यस्तै फिल्मका निर्देशक सुवास कोइरालाले पनि यस्तै अभियानमा अन्य फिल्मकर्मीहरुलाई पनि लाग्नको लागी आग्रह गरे ।aawaran1
चलचित्र आवरणमा नायिका प्रियंका कार्की, नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । सुबास कोइराला निर्देशित यस फिल्ममा अनिल योञ्जनसंगै यसमा लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुक्त लगानी रहेको छ । रहस्मय कथामा आधारित यस चलचित्रलाइ हरी हुमागाइँले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

नाई नभन्नु ल २ हेर्दै हलमा नै रोए दर्शक काठमाण्डौ,पोखरा ,चितवन ,धरान लगायत देशभर दर्शकको महासागर नै उर्ले(फोटो फिचर )

Read Next

नयां लुक्समा यस्तो छ 'मुखौटा' ।