नयां लुक्समा यस्तो छ 'मुखौटा' ।

[dropcap]री[/dropcap]फ इन्टरटेन्टमेन्टको प्रस्तुतीमा नायक अर्पण थापाले पहिलोपटक निर्देशन गरेको फिल्म मुखौटा को नयां लूक्समा पोस्टरहरु सार्वजनिक गरिएको छ । फिल्मको छयांकन सम्पन्न भएलगतै फिल्मको ट्रीजर आउट गरेर चर्चा बटुलेको फिल्मले विभिन्न नयां लुक्सको पोस्टरहरु रिलिज गरेको हो । नयां बर्ष २०७१ को पावन अवसरमा सबैलाई शुभकामना सहित रिलिज गरिएको पोस्टरमा फिल्मका सबै मुख्य कलाकारहरु फिचरिङ छन ।mukhauta 2प्रत्येक कलाकारलाई फरक लुक्स र गेटअपमा प्रस्तुत गरिएको फिल्ममा नायक, कथाकार पछि निर्देशक बनेका अर्पण थापाले पनि मुख्य भुमिकामा अभिनय गरेका छन । फिल्ममा अर्पणसंगै राजेश हमाल, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ । माफिया डनहरुको कथा भनिएको फिल्म पर्र्ण एक्सनप्रधान रहेको बताइएको छ । रविन श्रेष्ठले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छयांकन, चेतन कुवंरको संगीत र चन्द्र पन्तको फाइट रहेको छ । गत पौष बाट सुटिङ सुरु गरिएको फिल्मको करिब ३५ दिन लगाएर सुटिङ सकाएको हो । फिल्म अगामी जेठ १६  गतेबाट अलनेपाल रिलिज हुनेछ ।mukhauta

mukhauta1
mukhauta 3

 
 

Namaste Filmy

Read Previous

बागमतीको फोहोर उठाउदै 'आवारण' टोली ।

Read Next

मैले अहिले सम्म अभिनय गरेका चलचित्र मध्ये सबै भन्दा उत्कृष्ट चलचित्र "स्टुपिड मन" :नायक जीवन लुइटेल