अक्षय कुमार नेपाल आउने ।

 [dropcap][/dropcap]लिउडका एक्सन किङ अक्षय कुमार नेपाल आउने भएको छ । उनी एक नयां सिनेमाको छायांकनका लागि नेपाल आउन लागेको बताइएको छ । अगामी असारको पहिलो साता उनी नेपाल आउने सम्भावना देखिएको छ ।

akshay-kumar-wife
निरज पाण्डेले निर्देशन गर्न लागेको एक बलिउड सिनेमा छयांकनको लागी अक्ष्य नेपाल आउन लागेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । यो सिनेमाको छायांकन नेपाल र ईस्तानबुलमा बताइएको छ । जुन सिनेमाको छायांकनका लागि अक्षय सहित तपस्वी पन्नु नेपाल आउनेछन् ।
उनीहरु छायांकनका लागि नेपाल आउन लागेको भारतीय चर्चित अनलाइन पत्रिका टाईम्स अफ ईण्डियाले जनाएको छ । यसअघि निरजले बनाएको ‘स्पेशल २६’ मा अक्षयसँगै काम गरेका थिए । जुन सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । त्यस्तै तपस्वीको पछिल्लो सिनेमा ‘चश्मे बदुर’ हो ।

Namaste Filmy

Read Previous

मैले अहिले सम्म अभिनय गरेका चलचित्र मध्ये सबै भन्दा उत्कृष्ट चलचित्र "स्टुपिड मन" :नायक जीवन लुइटेल

Read Next

नव बर्षको शुभकामना सहित रेखाको ‘हिम्मतवाली’को फस्ट लुक पोस्टर सार्वजनिक