नव बर्षको शुभकामना सहित रेखाको ‘हिम्मतवाली’को फस्ट लुक पोस्टर सार्वजनिक

1908267_619851761425759_5338767962689335022_nनव बर्ष २०७१ सालको शुभकामना सहित नायिका रेखा थापाले आफ्नो नया चलचीत्र ‘हिम्मतवाली’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।२०७१ सालको बिजय दशमीको अबसरमा फूलपातीको दिनमा रिलिज गर्ने चलचित्र ‘हिम्मतवाली’लाई रेखाले आफै निर्देशन गरेकी हुन् ।
 
 
10264570_619748601436075_601482995_n
 
एक्शन शैलीको चलचित्र ‘हिम्मतवाली’ कि नायिका ,निर्मात्री रेखाले चलचित्र सुटिंग बेला निर्देशक श्याम भट्टराईसँग विवाद भए पछि निर्देशकलाई चलचित्रको सेटबाट हटाएर आफै चलचित्र निर्देशक गरेकी हुन् ।यस अघि बिजय दशमीको अबसरमा फूलपातीको दिनमा रिलिज गरेको रेखा थापाले नै निर्माण गरेको चलचित्र “काली ” व्यावसायिक रुपमा सफल भएको थियो ।नारी प्रधान एक्शन चलचित्र ‘हिम्मतवाली’मा चन्द् पन्तको द्वन्द्व ,छायांकन रामशरण उप्रेती,संगीत बसन्त सापकोटा र टंक बुढाथोकी,नृत्य बसन्त श्रेष्ठ र कमल राईको रहेको छ ।चलचित्र ‘हिम्मतवाली’मा नायिका रेखा थापाका अलावा सुदर्शन गौतम,अभय चन्द,पुस्कर भट्ट आदिको अभियान रहने छ । सुटिंगको बेला बाट नै चर्चामा रहेको चलचित्र ‘हिम्मतवाली’२०७१ सालमा प्रदर्शन हुने चलचित्र मध्ये आशा गरिएको चलचित्रको रुपमा हेरिएको छ ।हाल चलचित्र ‘हिम्मतवाली’पोष्ट प्रोडक्सनको काम भईरहेको छ ।
 
 
 

Namaste Filmy

Read Previous

अक्षय कुमार नेपाल आउने ।

Read Next

चलचित्र “ठुली"को सुटिंगमा प्रयासी भण्डारीको जन्मदिन । निर्माता सुनिल बस्नेतले दिए पाटी (फोटो फिचर )