अनमोल केसीले ‘ब्याचलर बन्टी’ मा नव नायिका उकुसा गिरीसग रोमान्स गर्ने

आफ्नो हरेक चलचित्रमा नया नया नायिका सग रोमान्स गर्दै आइरहेका सुपरस्टार अनमोल केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ मा पनि नया नायिका सग रोमान्स गर्ने भएका छन् । ‘ब्याचलर बन्टी’अनमोलले डेब्यु नायिका उकुसा गिरी सग रोमान्स गर्ने भएका छन् ।

दशैंपछि छायांकन सुरु हुने ‘ब्याचलर बन्टी’को लागि निर्माता सुदिप खड्काले उकुसा गिरी सग औपचारिक सम्झौता गरेका छन् ।मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा काम गरिसकेकी छन् ।

युरोपका विभिन्न देशमा छायांकन गरिने यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यारमा निर्माण हुने सिनेमालाई सुदिप खड्का नर्माण गर्नेछन् ।

महंगो लागतमा निर्माण हुन लागेको ‘ब्याचलर बन्टी’ फागुन १७ गते प्रदर्शनमा आउने छ । अनमोलले ‘ए मेरो हजुर ३’ को छायांकन सके लगतै पछि यो फिल्मको सुटिङ ज्वाइन गर्ने छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

Read Next

गायक बिनय केटुको 'सारङि रेटौला' गीतको भिडियो सार्वजनिक