गायक शिव परियारको नया गीत ‘मलाई म जस्तै बन्न देऊ’को भिडियो सार्वजनिक

चर्चित गायक शिव परियारको स्वर रहेको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरीएको छ ।’शिवालय’ एल्बममा समाबेश यस गीतलाई महेश आचार्यले लेखेका हुन् भने संगीत शिव परियारको नै रहेको छ ।यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् ।

शिव परियारको सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् ।गीतको भिडियोमा कृतिका काफ्लेको अभिनय रहेको छ ।लुजव सिङ्गको छायांकन रहेको यस भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘इन्टु मिन्टु लण्डनमा’को नया गीत सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘छक्का पञ्जा ३'को गीत ३७ दिनमा करोड भ्युज पाउदै इतिहास रच्यो (भिडियो)