
दशैँको अबसरमा रिलिज हुने चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको बिच निर्माण टिमले ट्रेलर सार्वजानिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, द्धन्द्व, हाँसो रोदनलाई समेटिएको छ । भने सिनेमाका अधिकांश सम्पुर्ण कलाकारलाई समेटिएको छ ।
सिनेमाको कथासारलाई ट्रेलरमार्फत् प्रस्ट्याईएको १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले बताए । अभिनेत्री स्वस्तिमा खड्कालाई पाउन तीन पुरुष पात्रको तछाडमछाडलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ । निर्माण टिमले सिनेमालाई ‘मनोरञ्जनको फुल डोज’ भनेको छ ।
दशैंको फूलपातीमा प्रदर्शनमा आउने प्रवल सम्भावना रहेको यस सिनेमाको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमामा खगेन्द्रका लामिछानेका अलवा सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीरकल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

