फ्राइडे रिलिज :‘रामकहानी ’र ‘रोज’ को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘रामकहानी ’र ‘रोज’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी ’र ‘रोज’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘रामकहानी’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रामकहानी’प्रदर्शनमा आएको छ।चलचित्र ‘रामकहानी’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।यस अघि सार्वजनिक ट्रेलर र गीत संगीतले चर्चामा रहेको ‘रामकहानी’लाई प्रतिक्षीत चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई,शोबित बस्नेतको मुख्य भूमिका रहेको छ ।

सुदर्शन थापाको कथा रहेको यस चलचित्रलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रब निश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

‘रोज’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रोज’ पनि प्रदर्शनमा आएको छ।चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन्।

चलचित्रमा प्रदीप खड्का , कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेल र एलिस कार्की संगीत रहेको छ भने कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।चलचित्रलाई राजु विक्रम थापाले खिचेका हुन् ।गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोज’को प्रस्तुतकर्ता उद्धव पौडेलहुन् भने आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

Namaste Filmy

Read Previous

गोपिकृष्ण हलको दादागिरी कहिले सम्म ? गोपिकृष्णमा नलाग्ने भयो ‘रामकहानी’

Read Next

चलचित्र ‘दैलो’को आइटम गीत सार्वजनिक (भिडियो)