चलचित्र ‘दैलो’को आइटम गीत सार्वजनिक (भिडियो)

कात्तिक ३० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दैलो’मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ ।चलचित्रको ‘लाग्यो मलाई…….’ बोलको सार्वजनिक गीतमा मोडल पवन पाठक आकर्षक नूत्य प्रस्तुत गरिएको छ ।

गीतमा लक्षु प्रकाश मल्लको संगीत विमल भट्टराईको शब्द तथा दुर्गा साउदको स्वर छ ।गीतलाई गम्भीर बिष्टले नूत्य निर्देशन गरेका हुन् ।चलचित्रमा सुरेश उप्रेती दुर्गा साउद, विकाश चापागाई दीपक डोटेल मुना प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सुरेश उपेतीको निर्माण तथा निर्देशन चलचित्र तयार पारिएको हो ।जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा विमल भट्टराईको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :‘रामकहानी ’र ‘रोज’ को भिडन्त

Read Next

चलचित्र 'बाँध मायाले'को नयाँ गीत रिलिज (भिडियो)