चलचित्र 'बाँध मायाले'को नयाँ गीत रिलिज (भिडियो)

असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को नयाँ गीत रिलिज भएको छ। ‘आउने जाने’ बोलको गीत सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।उक्त गीतमा लोकराज अधिकारी शब्द तथा संगीतकार पोखरेल, दुर्गा खरेल र सुरेश लामाको स्वर सुन्न सकिन्छ।

डान्सिङ नम्बर गीतको भिडियोमा फिल्मका मुख्य कलाकार  आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, ज्योती राई, सिपि पौडेल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका छन्। आर्यन र सृष्टिसँगै यस चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ ।यसै चलचित्रबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्। रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।

Namaste Filmy

Read Previous

चलचित्र ‘दैलो’को आइटम गीत सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘गुनगुन’को टिजर रिलिज (भिडियो)