
सुरज प्रधानको प्रस्तुति रहने नयाँ नेपाली चलचित्र ‘मदहोस’ को गीत रेकर्डिङ गरिएको छ। चलचित्रको ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकर्डिङ गरिएको हो।एसके अधिकारीको शब्द रहेको उक्त गीतमा बाबुल गिरि तथा सन्तोष प्रगाढको संगीत छ। जसमा नित्या शिवा,बाबुल गिरि तथा सन्तोष प्रगाढले नै स्वर दिएका छन्।
मुभी मेकर्सको ब्यानर निर्माण हुने यस चलचित्रमा निर्देशक एसके अधिकारीको लेखन तथा निर्देशनमा रहने छ ।चलचित्र मदहोसले समाजमा विद्यमान यौन हिंसाको शिकार भएका युवा युवतीको समस्यालाई उठान गरेको छ।
चलचित्रमा शिक्षित बेरोजगार युवाहरुको उत्पीडन,सामाजिक संजालमा देखिएका युवायुवति बीचको समस्याको ज्वलन्त घटनालाई यथार्थपरक ढंगले प्रस्तुत गरिने कथा बुनिएको छ।मदहोसमा विक्रम कार्की को छायांकन रहने छ भने राजन महर्जनको कोरियोग्राफी रहने छ।
https://www.youtube.com/watch?v=ycgTQG6oBL8&t=1056s
चलचित्रमा नव नायिका ,सृजना बस्नेतले यसै चलचित्र मार्फत डेब्यु गर्दै छिन्। उनको अलावा दिपेन्द्र कोइराला ,,कसिश दाहाल,राजु पौडेल,सलिना खड्का तथा प्रियंका अधिकारी लगायतका कलाकारहरुको ”मदहोस” मा मुख्य अभिनय रहने छ।

