प्रदीप खड्का अभिनित प्रदर्शनरत चलचित्र 'रोज' को नयाँ गीत सार्वजनिक (भिडियो)

गत शुक्रबार बाट प्रदर्शनमा आएको नायक प्रदीप खड्का को चलचित्र ‘रोज’ को नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘तिम्रो पछि-पछि…’बोलको गीतलाई दयाराम पाण्डेलले लेखेका हुन् ।गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा प्रदीप सगै परमिता आरएल राणालाई फिचरिंग गरिएको छ ।

निरक पौडेलले निर्देशन रहेको यस चलचित्रले बक अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेन ।तर हिजो तीजको दिनमा चलचित्र देशका सबै सिनेमा हलमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।

चलचित्रमा प्रदीप खड्का , कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘साली कस्को भेनाको’अर्गानिक चलचित्र हो :निर्माता प्रसाद श्रेष्ठ

Read Next

भुवन केसी को पूर्वपत्नी सुस्मिताले गरिन् अष्ट्रेलियन नागरीक सँग सिंगापुरमा ईन्गेजमेन्ट