भुवन केसी को पूर्वपत्नी सुस्मिताले गरिन् अष्ट्रेलियन नागरीक सँग सिंगापुरमा ईन्गेजमेन्ट

सफल निर्मात्री तथा अभिनेत्री सुस्मिता बोम्जनले ईन्गेजमेन्ट गरेकी छिन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनको दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् ।

सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् ।सुस्मिता बोम्जन स्टार नायक अनमोल केसीको आमा हुन्। गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।

पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।





Namaste Filmy

Read Previous

प्रदीप खड्का अभिनित प्रदर्शनरत चलचित्र 'रोज' को नयाँ गीत सार्वजनिक (भिडियो)

Read Next

फ्राइडे रिलिज :‘साली कस्को भेनाको’ प्रदर्शनमा