
असोज १२ प्रदर्शनमा आउन लागेको चलचित्र ‘अनुराग’को नयाँ गीत रिलिज भएको छ।प्रताप दासको स्वर रहेको चलचित्र ‘अनुराग’को सार्वजनिक गीतमा सत्यराज एसआरसीको शब्द तथा सरोज पोख्रेलले संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार समुन्द्र पण्डित फिचरिङ छन्। जहाँ उनी एक कन्सर्टमा गीत गाईरहेको देख्न सकिन्छ।
चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।चलचित्रमा एलिजा गौतम सगै समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुरागमा भरत गौतम र गीता भेटवाल फिल्मको निर्माता हुन् । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

