

राजु अधिकारीको निर्देशनमा चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने भएको छ। शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा पूजा गरेर चलचित्रको शुभ साइत गरिएको छ ।
ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती रहने फिल्मलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन् । असोज ७ गतेबाट फिल्मको छायांकन हुने निर्देशक अधिकारीले बताए ।
चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ ।यसै चलचित्र बाट नव नायक केवल जंग कुँवरलेडेब्यु गर्दैछन् ।
https://www.youtube.com/watch?v=ycgTQG6oBL8&t=1058s
चितवन र मनाङ्गमा छायांकन हुने ‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन रहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो ।

