भारतीय मोडल करण वर्माकोअभिनय रहेको नेपाली फिल्म ‘दि कर्मा' को टिजर सार्वजनिक

चलचित्र ‘दि कर्मा को टिजर युट्युब मार्फत् सार्वजनिक गरिएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’ मंसिर ७ गतेलाई प्रदर्शनमा आउने भएको छ । करण ’मिस्टर इन्डिया २०१७’ का विजेता समेत हुन् ।

चलचित्र ‘दि कर्मा’ मा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जय राज रायले निर्माण गरेको फिल्म ‘दि कर्मा’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।निशा खतिवडा निर्मात्रीको रुपमा नेपालको तराई क्षेत्रमा छायांकन गरिएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व ,संगीत कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारी रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीले छायांकन रहेको छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।


Namaste Filmy

Read Previous

चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने,नायकमा केवल जंग कुँवरले डेब्यु गर्दै (भिडियो)

Read Next

नायिका प्रियंका कार्कीले गरिन् गायक सरोज ओलीसँग रोमान्स (भिडियो सहित)