बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को ट्रेलर सार्वजनिक, असोज २४ मा रिलिज हुने(भिडियो)

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को अफिसियल  ट्रेलर सार्वजनिक गरिएको छ ।शनिबार बिहान राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ट्रेलर र   अफिसियल  रिलिज मिति घोषणा गरेको छ ।चलचित्र ‘छक्का पञ्जा ३’असोज २४ गते घटस्थापनाको दिन बाट प्रदर्शनमा आउने भएको छ ।

यस अघि सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा ’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई दर्शकले निकै मन पराएका छन्।चलचित्रको ट्रेलरमा कमेडी सगै सामाजिक बिषय बस्तुलाई समेत देखाउन खोजिएको छ।यस अघि सार्वजनिक गीतले नै दर्शकको मन जितेको ‘छक्का पञ्जा ३’को ट्रेलर चलचित्रलाई अझै प्रतिक्षीत बनाएको छ। 

दीपाश्री निरौलाको निर्देशक रहेको ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।

Namaste Filmy

Read Previous

नायिका प्रियंका कार्कीले गरिन् गायक सरोज ओलीसँग रोमान्स (भिडियो सहित)

Read Next

साम्राज्ञी र धिरजको‘इन्टु मिन्टु लण्डनमा’ शनिबार देशभरी हाउसफुल, करोड कलेक्सनको अनुमान(भिडियो)