साम्राज्ञी र धिरजको‘इन्टु मिन्टु लण्डनमा’ शनिबार देशभरी हाउसफुल, करोड कलेक्सनको अनुमान(भिडियो)

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ शनिबार देशै भरिका सिनेमा घरमा हाउसफुलको व्यापार गरेको छ । पहिलो दिन शुक्रबार नै यस बर्षको बम्पर ओपनिङ गरेको यस चलचित्रले शनिबार सबै हलमा हाउसफुलको व्यापार गरेको हो।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’शनिबार राजधानीका मल्टिप्लेक्सहरु क्यूएफएक्स, बिग सिनेमा, एफक्युव सबैमा १०० प्रतिशतको अकुपेन्सी कायम गरेको छ ।त्यस्तै गोपीकृष्ण राजधानीका गोपिकृष्ण, अष्टनारायण,गुण लगायतका हलमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।

यता मोफसलका चितवन, पोखरा,बुटवल ,धरान लगायतका मुख्य मुख्य सहरमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।चितवनमा शुक्रबार मात्र मात्रै ४ लाखको व्यापार गरेको ‘इन्टु मिन्टु लण्डनमा’ शनिबार ११ लाख माथिको कलेक्सन गरेको छ ।शनिबार चितवनको इन्द्रदेव सिनेमा र क्यूएफएक्समा सबै सो हाउसफुल भएको छ ।पोखरमा पनि चलचित्रले चितवनकै हाराहारीमा व्यापार गरेको छ।

शुक्रबारको देशै भरिको कलेक्सन सार्वजनिक न गरिए पनि ६० लाखको हाराहारी चलचित्रले कलेक्सन गरिएको अनुमान गरिएको छ ।शनिबार देशै भरिका हल बाट करोडको हाराहारीमा कलेक्सन गर्ने अनुमान गरिएको छ।

कोरियोग्राफर रेनेशा वान्तवा राईले ‘इन्टु मिन्टु लण्डनमा’ लाई निर्देशन गरेकी हुन् ।चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतको अभिनय रहेको छ ।

आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को ट्रेलर सार्वजनिक, असोज २४ मा रिलिज हुने(भिडियो)

Read Next

राम चन्द्र काफ्लेको मन छुने गीत ‘बिदेशीय’ को भिडियो सार्वजनिक