
लोकप्रिय गायक राम चन्द्र काफ्लेको बिल्कुलै फरक नयाँ गीत ‘बिदेशीय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । एउटा समाज र परिवारमा घटेको कथा र ब्यथालाइ एउटा कलात्मक रुपले आफ्नो सुभचिन्तक अनि सम्पूर्ण संगीत प्रेम देखि लिएर सम्पूर्ण समाजलाई प्रस्तुत गरि भिडियो सार्वजनिक गरिको छ ।


दिनेश सुबेदी शब्द तथा संगीत र एरेन्ज बाबुल गिरिको रहेको गीतको भिडियोमा सम्पदा बानिया र विजय बराल मुख्य भूमिका रहेको छ। गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाइ चित्रण गरिएको छ । जहाँ पैसा कमाउन हिडेको श्रीमानलाइ छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाइ तोडेर आफु खुसि हुने र आफ्नो रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाइ भीडीयोमा देखाईएको छ ।
गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक गायक साशन कंडेलले निकै कलात्मक तरिकाले निर्देशन गरेका छन । भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।
