प्रदीप खड्का र जसिता गुरुङको सिनेमा ‘लभ स्टेशन’को शुभ मुहुर्त

स्टार नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेशन’को शुभ मुहुर्त गरिएको छ। सिनेमाको सोमबार विहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो।

सिनेमाको छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन्।उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ।

५० दिनको छायंकन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहनेछ। यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि प्रदीपले बताए। लिलिविलीमा प्रदीप खड्का र जसिता गुरुङ संगको जोडिलाई अत्याधिक रुचाएका थिए। आफ्नो जोडि र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए।

https://www.youtube.com/watch?v=p_G8aj8ZWHo

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ। दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्। लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

Namaste Filmy

Read Previous

चलचित्र ‘निर्जला’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र 'बादशाह जुट'को छायांकन सकियो ,पौष १३ मा रिलिज हुने