गायक प्रताप दासको नया गीत ‘अलि अलि तिम्रो माया ’को भिडियो सार्वजनिक

चर्चित सो नेपाल आइडलका दोश्रो रनरअप प्रताप दासको स्वर रहेको नया गीत भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासले पछिल्लो समय गएका गीतहरुले अहिले बजारमा राम्रै चर्चा पाएको छ।चलचित्र पाश्र्व गायनबाट चर्चामा रहेका प्रतापले चलचित्र प्रेमगीत २,लिलिबिली र रोज का गीतले पछिल्लो समय एउटा सफल गएको रुपमा परिचित समेत गराएको छ ।

प्रताप दासको स्वर रहेको नया गीत ‘ अलि अलि तिम्रो माया ’मा मनोज सुनुवारको शब्द तथा संगीत रहेको छ । गीतलाई एरेन्ज भने संजिव बराईलीले गरेका छन् । गीतको भिडियोमा निरन्जली लामा र दिल कुमारको अभिनय रहेको छ।

अमृत सुनुवारले निर्देशन गरेको यस भिडियोमा जस्मिन मगरको कोरियोग्राफी रहेको छ ।भिडियोलाई आबेश बज्राचार्यले खिचेका हुन् भने माधब बेलबासेको सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘जय भोले'को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक

Read Next

बहुप्रतिक्षीत चलचित्र ‘‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईं छ तस्बिरमा