
युवा स्टार अनमोल केसीलाई ‘होस्टेल’ बाट डेब्यु गराएका निर्देशक हेमराज विसीले जति चर्चा अनमोल केसीलाई अभिनय गराएर चर्चामा आए त्यति नै उनले निर्देशन गरेको अन्य चलचित्र बाट हुन सकेन्।पछिलो समय अनमोल सग हेमराज राम्रो सम्बन्ध न रहेको समेत चर्चा चल्न थालेको छ।


‘ब्रेकअप’ प्रदर्शनको तयारीमा रहेको निर्देशन गरेर निर्देशक हेमराज विसीले आफ्नो नया चलचित्रको लागि नायक प्रदीप खड्का अनुबन्धन भएका छन् । रोमान्टिक कमेडी जनराको फिल्ममा प्रदीपलाई केही दिन अगाडी मात्रै सम्झौता गरिएको निर्देशक विसीले जानकारी दिए । फिल्मको नाम गोप्य राखिएको छ ।

अधिकांश छायांकन फ्रान्समा हुने फिल्ममा प्रदीपको अपोजिटका लागि अहिले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कुरा भइरहेको छ ।यसअघि प्रदीपको ‘भैरवी’ र ‘लभ स्टेशन’ गर्न अस्विकार गरेकी साम्राज्ञीले यसपटक सकारात्मक देखिएकी छन् । नायिका साम्राज्ञीराज्य लक्ष्मीसँग कुरा भएपनि सम्झौता भने भैनसकेको उनको भनाई छ ।

हाल फिल्मको स्त्रिप्टको कार्य भैरहेकोनाम नया चलचित्रलाई दिपक खतिवडा, रेणु राणा र गोविन्द शाहिको संयुक्त निर्माणमा बन्ने फिल्मको बैशाखदेखि छायाँकन सुरु हुनेछ ।युवा स्टार अनमोल केसीलाई लिएर हेमराज ३ र आशिरमान जोशीलाई लिएर हेमराज दुई वटा फिल्म निर्देशन गरेका छन् ।


