
यहि असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र निर्जलाको शिर्ष गीत रिलिज गरिएको छ ।सबैकी प्यारी निर्जला बोलको गीतमा मेलिना राईको स्वर छ । गीतमा बबुल गिरीको संगीत र राम रुवालीको शब्द रहेको छ ।
चलचित्रलाई राजु गिरीको निर्देशन गरेका हुन् । फिल्ममा शुभेच्छासँगै नायक किशोर खतिवडा लगायतको अभिनय छ । फिल्मलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

