चर्चामा गायिका बुनु श्रेष्ठको भगवान मेरो (प्रायश्चित) गीत (भिडियो)

केहि समय अघि सार्वजनिक गरिएको गायिका बुनु श्रेष्ठको नया गीतले बजारमा राम्रै चर्चा पाउन थालेको छ । भगवान मेरो (प्रायश्चित) बोलको सार्वजनिक गीतको म्युजिक भिडियोलाई रोशन कुमारले निर्देशन गरेका हुन् ।

झिमझिम परेलीमा बोलको गीतले चर्चाको शिखरमा पुगेकी गायिका श्रेष्ठ ‘भगवान मेरो’गीतमा विश्वनाथ प्रेमको शब्द तथा किरण कँडेलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।देवेन्द्र पुनको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहेको म्युजिक भिडियो स्टुडियो साउन्ड मिलले निर्माण गरेको हो ।

गायिका बुनु श्रेष्ठको मुख्य अभिनय रहेको यस गीतमा ध्रुब श्रेष्ठ, प्रज्वल गिरी, अतीत लिम्बू, प्रकाश श्रेष्ठ, राजकुमार गिरी, अमन सापकोटा आदिको पनि अभिनय रहेको छ गीतको भिडियोमा ।

मानिस अनेक दुष्कर्म गर्छन् । ती दुष्कर्मको परिणाम निकै गम्भीर हुने र त्यसको प्रायश्चित समयमै गर्न सके मानिसले यो भव सागरबाट छुट्कारा मिल्ने सन्देश मुलक गीतमा गुम्बाका भन्टेले पञ्चशीलको ज्ञान प्रवचन दिइएको दृष्य क्यामेरामा प्रत्यक्ष कैद गरिएको छ ।

Namaste Filmy

Read Previous

कलेज कलेजमा ‘जय भोले’को पब्लिसिटी

Read Next

चलचित्र ‘ड्रिम गर्ल’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)