रेश र दिवस प्रियंकाको बेष्ट फ्रेन्ड । भिडियो ।

[dropcap][/dropcap]गामी २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म ‘मेरो बेष्ट फ्रेन्ड’को टाइटल गीत सार्वजनिक गरिएको छ । नयां बर्षको शुभकामना सहित सार्वजनिक गरिएको मेरो बेष्ट फ्रेन्ड बोलको गीतअनुसार प्रियंका, रेश र दिवस बेष्ट फ्रेन्ड रहेको बुझन सकिन्छ । सुगम पोखरेलको स्वर तथा संगीत रहेको यस गीतको शब्द भुपेन्द्र खडकाले लेखेका हुन ।
हेर्नुहोस गीत:

त्यस्तै फिल्म युनिटले नयां बर्षकै अवसरमा सम्पुर्ण चलचित्र प्रेमी तथा नेपाली हरुमा शुभकामना ब्यक्त गदै नयां लुक्समा पोस्टर पनि सार्वजनिक गरेका छ ।
हेर्नुहोस पोस्टर:mero best frend
आशावादी फिल्मसको प्रस्तुतीमा प्रजिता बज्रचार्यको निर्माण रहेको फिल्म निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन । उनले यसअघि म्युजिकल लभस्टोरी फिल्म स्वर निर्देशन गरेका थिए । फिल्म मेरो बेस्ट फ्रेन्डमा सुगम पोखरेल, राजनराज शिवाकोटी, प्रमोद खरेल तथा आशुशेन लामाको संगीत रहेको छ । त्यस्तै फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द तथा बिदुर पाण्डेको छयांकन रहेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मका निर्देशक प्रसन्न पौडेल भने पब्लिसिटीमा निकै लागीपरेका छन । उनको यो दोस्रो फिल्म हो ।

Namaste Filmy

Read Previous

चलचित्र “ठुली"को सुटिंगमा प्रयासी भण्डारीको जन्मदिन । निर्माता सुनिल बस्नेतले दिए पाटी (फोटो फिचर )

Read Next

चितवनमा चलचित्र ‘मनले मनलाई छुन्छ’ हेर्ने दर्शकको बाढी । फोटो फिचर ।